काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने छन् ।
बुधबार अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिएको छ ।
.jpg)


