आइतबार, कार्तिक १६ गते २०८३
images
images

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 249
    SHARES
  • अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

    एजेन्सी । अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो । 

    images

    उनले मोबाइल चार्ज गर्दै  कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो सल्केको थियो । जलेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । 

    उनको मृत्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ । 

    images