आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

एक्सप्रेस पाना
श्रावण ८, २०८२ बिहीबार
  • 223
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    images

    दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्ने छन् ।

    यस्तै,बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images

    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक