काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ३.७६ अंकले बढेर २९८२.६४ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि बिहिबार कारोबार रकम भने घटेको छ । बुधबार १९ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज १८ अर्ब ४९ करोडको कारोबार भएको छ ।
आज १२३ कम्पनीको सेयर मुल्य बढेको छ भने १२७ कम्पनीको सेयर मुल्य घटेको छ ।


