बुधबार, भाद्र २४ गते २०८३
images

दलको नेता गुमाएपछि लामाले भने:अविश्वास प्रस्तावको प्रक्रियामाथि स्पष्ट मूल्यांकन जरुरी छ

एक्सप्रेस पाना
श्रावण १३, २०८२ मंगलबार
  • 539
    SHARES
  • दलको नेता गुमाएपछि लामाले भने:अविश्वास प्रस्तावको प्रक्रियामाथि स्पष्ट मूल्यांकन जरुरी छ

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले आफूमाथि ल्याइएको अविश्वास प्रस्तावबारे लोकतान्त्रिक प्रक्रिया पूरा भयो कि भएन भन्ने विषयमा अझै स्पष्ट मूल्यांकन आवश्यक रहेको बताएका छन्।

    images

    मंगलबार संसदीय दलको बैठकमा भएको मतदानमा अविश्वास प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो। मतदानपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामाले भने, ‘कांग्रेस लोकतान्त्रिक विधिमा विश्वास गर्ने पार्टी हो। त्यसैले अहिलेको प्रक्रियामा विधिको पूर्ण पालना भयो कि भएन भन्ने कुरा अझै मूल्याङ्कनको विषय हो।’

    यद्यपि, उनले आफ्नो पक्षमा बहुमत नआएको स्वीकार गर्दै दलको नेता पद स्वतः रिक्त भएको स्पष्ट पारे। ‘अब दलको नेता रिक्त भएकाले नयाँ नेताको चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। भोलिसम्म नयाँ नेताको चयन गोप्य मतदानबाट हुनेछ,’ उनले भने।

    images

    लामाविरुद्धको अविश्वास प्रस्ताव र त्यसपछिको मतदानले बागमती कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन पुनः परीक्षणको चरणमा पुगेको संकेत देखिएको छ। अब दलको नेतृत्व कसले सम्हाल्ने भन्नेमा सबैको नजर कांग्रेसभित्रको भोलिको चुनावतर्फ केन्द्रित छ।

  • सम्बन्धित विषय:

  • # बहादुरसिंह लामा