मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ४७.९३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण १४, २०८२ बुधबार
  • 265
    SHARES
  • बुधबार ४७.९३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरोअंकले घटेको छ । 

    images

    आज बजार ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार १.५९ प्रतिशतले घटेको हो । 

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भएको बजारमा बुधबार १६ अर्ब ४४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २३ कम्पनीको सेयर मुल्य बढेको छ भने २२६ कम्पनीको सेयर मुल्य घटेको छ । 

    त्यसैगरी आज दुई कम्पनीका सकारात्मक सर्किट लागेको छ । बुधबार ट्रेड टावर र सान्भी इनर्जीको सेयर मुल्य १० प्रतिशत बढेको हो ।  

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार