सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित

एक्सप्रेस पाना
श्रावण १४, २०८२ बुधबार
  • 356
    SHARES
  • कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित

    काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

    images

    बुधबार भएको निर्वाचनमा बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँले २२ मत ल्याएर संसदीय दलको नेता बनेका हुन् । उता लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।  

    यसअघि २०७९ को पुस १३ मा भएको दल नेताको निर्वाचनमा भने लामाले इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । 

    images

  • सम्बन्धित विषय:

  • # इन्द्रबहादुर बानियाँ