मंगलबार, भाद्र २३ गते २०८३
images

दरमखोला हाईड्रोको आईपीओ आजदेखि निष्कासनमा

एक्सप्रेस पाना
श्रावण १५, २०८२ बिहीबार
  • 312
    SHARES
  • दरमखोला हाईड्रोको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि २९ लाख १९ हजार ५ सय कित्ता आईपीओ जारी गरेको छ ।

    images

    यस अघि कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    यस अघिनै कम्पनीले कुल जारी पुँजीको १०/१० प्रतिशत शेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    images

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

    यसका साथै  लगानीकर्ताले मेरो शेयरयर बाट समेत आवेदन दिन सक्नेछन् । आईपीओ खरिदका लागि लगानीकर्ताले छिटोमा साउन १९ गते  र ढिलोमा साउन २९ गते सम्म आवेदन दिन सक्नेछन् ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # दरमखोला हाईड्रो