काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।
नयाँ मुल्यअनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जानकारी दिएको छ ।
मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १५० भएको छ ।
.jpg)


