आइतबार, कार्तिक १६ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक : बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 283
    SHARES
  • मन्त्रिपरिषद् बैठक : बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने

    कात्तिक ३ काठमाडौं । सरकारले बाढीपहिरोमा एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

    images

    बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो । 

    बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    images