बुधबार, भाद्र २४ गते २०८३
images

संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

एक्सप्रेस पाना
श्रावण २०, २०८२ मंगलबार
  • 293
    SHARES
  • संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन् ।

    images

    नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने,‘अहिलेकै विद्यमान परिस्थितिमा एक  सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन् ।  त्यसोभएको हुनाले  रुपन्देहीमा हुन गइ रहेको संसदीय उपचुनावमा उम्मेदवार हुने  कुरामा मेरो कुनै रुची छैन ।’

    आफु यतिखेर देशका लागि केहि गरौं भन्ने सोच भएका सबै साथीहरुलाई जोड्ने अभियानमा रहेको बताउँदै उनले यसलाई राजनितीक रुपमा नबुझ्न र नहेर्न आह्वान गरेका छन् । 

    images

    सही मान्छे सही स्थानमा भएन भने त्यसले सकारात्मक परिणाम नआउने भएकाले ‘राइट म्यान इन राइट पेलेस’ भन्ने मुख्य उद्देश्य बोकेर आफुले उज्यालो नेपाल अभियान कार्यक्रम अघि बढाएको उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ