आइतबार, कार्तिक १६ गते २०८३
images
images

घाइतेहरूको निःशुल्क उपचार सरकारले गर्ने

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 279
    SHARES
  • घाइतेहरूको निःशुल्क उपचार सरकारले गर्ने

    कात्तिक ३ काठमाडौं । सरकारले विगत केही दिन देखिको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । 

    images

    आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घाइते सबैको निःशुल्क उपचार गर्ने तथा ज्यान गुमाउने व्यक्तिको परिवारलाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकले एकै परिवारमा एक जना भन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घरबास नष्ट भएमा तत्कालको गुजाराका लागि आर्थिक सहायता उपलब्ध गराउने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    images

    मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण फैलन नदिन रोकथामका आवश्यक उपायहरू अवलम्बन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिने तथा विपद् व्यवस्थापन कोषमा रकम उपलब्ध गराई कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

    यस्तै बैठकले कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन पेस गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ । 

    मन्त्रिपरिषद्ले क्षतिको पूर्व विवरण सहितको प्रतिवेदन प्राप्त भएपछि बाढी प्रभावितको राहत तथा पुनः स्थापनाका लागि थप कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।