आइतबार, कार्तिक १६ गते २०८३
images
images

विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान

एक्सप्रेस पाना
श्रावण २६, २०८२ सोमबार
  • 365
    SHARES
  • विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान

    काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन् ।

    images

    सोमबार उनीहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन् । 

    ‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन् । युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो ।

    images

    त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए ।

    हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए ।

  • सम्बन्धित विषय:

  • # विपिन जोशी