आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाढीपहिरो : क्षतिको निरीक्षण गर्न आज सुुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा 

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 230
    SHARES
  • बाढीपहिरो : क्षतिको निरीक्षण गर्न आज सुुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा 

    कात्तिक ४ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र  सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाँदैछन् । उनी काठमाडौंबाट सुर्खेत जानेछन् । सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ ।

    images

    उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायरलाई लिएर निरीक्षणमा जान लागेका हुन् । त्यस क्रममा देउवाले डाेटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् ।

    मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।

    images