काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवाविधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निकायहरुमा पठाउन निर्देशन दिएका छन् ।
शुक्रबार बसेको प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएका हुन् ।
कुलिङ पिरियडमा समितिको प्रतिवेदनमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा राजनीतिक र नैतिक रुपमा जिम्मेवार भएको ठहरपछि आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।
.jpg)


