कात्तिक ४ काठमाडौं । आज बिहीबार हुने बागमती प्रदेशको प्रदेश सभा बैठकमा सत्तारुढ नेकपा एमाले सहभागि नहुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको हो ।
सत्तारुढ नेकपा एमालेले भने बैठकमा उपस्थित नहुने बताएको छ । एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको छ । गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य केही दिनमै प्रदेश सभामा अल्पमतमा परेकी थिइन् । तत्कालीन एमाले १३ जना सांसदहरूले माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।
अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले असोज २३ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । उक्त प्रस्तावबारे आज छलफल र मत विभाजन हुने गरी बैठक बोलाइएको हो ।
.jpg)


