सोमबार, कार्तिक १७ गते २०८३
images
images

महिलाहरु सक्षम हुन आत्मनिर्भर बन्नुपर्छ:सुनिता डंगोल

एक्सप्रेस पाना
भाद्र ५, २०८२ बिहीबार
  • 283
    SHARES
  • महिलाहरु सक्षम हुन आत्मनिर्भर बन्नुपर्छ:सुनिता डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनको लागि महिला उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।  

    images

    विहीबार काठमाडौंमा आयोजित तीज विशेष तथा महिला उद्यमी सम्मान कार्यक्रममा उनले महिलाहरु सक्षम हुनका लागि आर्थिक रुपमा सशक्त र आत्मनिर्भर हुनुपर्ने भन्दै यसको लागि उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । 

    उनले भनिन्,"महिलाहरु तब मात्र सक्षम हुन्छौ जब हामी आर्थिक रुपमा सशक्त हुन्छौ वा आर्थिक रुपमा आत्मनिर्भर हुन्छौ । जब आर्थिक रुपमा बलियो हुन्छौ, तब आफ्ना लागि आफैले निर्णय गर्न सक्ने क्षमता विकास हुन्छ । यहाँ उपस्थित महिलाहरु त सशक्त हुनुहुन्छ तर अन्य महिलाहरुलाई पनि आर्थिक रुपमा बलियो बनाउन तपाईहरुको ठूलो भूमिका होस भन्ने पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।"

    images

    यस्तै, उनले सबैलाई तीजको शुभकामना दिदैँ उपस्थित भएका सबै व्यवसायिक महिलाहरु प्रगतीको कामना पनि गरेकी छन् । 

  • सम्बन्धित विषय:

  • # सुनिता डंगोल