सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसद निरही थलो भएर बस्नु हुँदैन्:पूर्वराष्ट्रपति भण्डारी

एक्सप्रेस पाना
भाद्र ५, २०८२ बिहीबार
  • 371
    SHARES
  • संसद निरही थलो भएर बस्नु हुँदैन्:पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति एवम एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले संसद नै निरीह थलो बनेको बताएकी छिन् । 

    images

    बिहीबार मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले संसद् निरीह थलो भएर बस्दा जनमानसमा राम्रो सन्देश नगएको बताइन् । 

    अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन् ।

    images

    उनले संविधानबारे प्रश्न उठाइएको तर अहिलेसम्म वौद्धिक बहस नभएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएतापनि शिक्षा सम्बन्धी कानुन बन्न नसकेकोप्रति आपत्ति जनाइन् ।

    त्यस्तै भण्डारीले आफू निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा काम गर्ने प्रतिवद्धता जनाइन् । उनले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको, एमालेकै कार्यकर्ताको रुपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने बताइन् ।

    उनले एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको दाबी समेत गरिन् । 

  • सम्बन्धित विषय:

  • # पूर्वराष्ट्रपति भण्डारी