शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षक महासंघ पुनः आन्दोलनमा, पहिलो चरणको कार्यक्रम सार्वजनिक

एक्सप्रेस पाना
भाद्र ६, २०८२ शुक्रबार
  • 296
    SHARES
  • शिक्षक महासंघ पुनः आन्दोलनमा, पहिलो चरणको कार्यक्रम सार्वजनिक

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकले सहमती अनुरुप सम्बोधन हुन नसकेको भन्दै पुनः आन्दोलन गर्ने भएको छ । 

    images

    शुक्रबार महासङ्घले पत्रकार सम्मेलन गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक सकारात्मक रहे पनि शिक्षक कर्मचारीका सरोकारका र विगतका सहमतीमा रहेका विषयहरु सम्बोधन हुन नसकेको बताए । 

    उनले भने, ‘केही अन्य विषयमा विधेयक सकारात्मक रहेपनि शिक्षक कर्मचारीका  सरोकारका र विगतका सहमतीमा रहेका विषयहरु सम्बोधन हुन सकेका छैनन् । अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षाको प्रतिशत सहमती ( ७५ प्रतिशत आन्तरिक) अनुसार नहुनु, गोल्डेन हेन्डसेक अन्र्तगत किटान गरी नतोकिनु, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध समावेश नहुनुलगायतका विषयहरु सम्बोधन नभएको देखिन्छन् ।’

    images

    उनले विद्यालय शिक्षामा वर्षौंदेखि बाँकी रहेका समस्या हल गरी उन्नत र गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध गर्न विद्यालय शिक्षा ऐन चाहिएको भन्दै विगतमा भएका सहमतिमा भएका विषयहरु ऐनमार्फत सम्बोधन हुनुपर्ने बताए । 

    पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु
    १. २०८२ भाद्र ६ गते पत्रकार भेटघाट मार्फत आन्दोलनको जानकारी सार्वजनिक गर्ने। 

    २. भाद्र ९ गते सम्मानीय प्रधानमन्त्री, माननीय शिक्षा, विज्ञान तथा प्रविधि समक्ष तथा राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र पेश गर्ने ।

    ३. २०८२ भाद्र ११ गतेदखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयमा पत्र बुझाउने र त्यही २ घण्टा प्रतिनिधिमूलक धर्ना गर्ने ।

    ४.२०२ भाद्र १३ गते शुक्रवार सबै पालिकामा २ भाद्र १२ गते आइतबार सबै जि समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने 

    ५. २०८२ भाद्र २१ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने यो चरणमा अवरोध विरोध प्रदर्शन लगायतका कड़ा कार्यक्रम ल्याइने ।

  • सम्बन्धित विषय:

  • # शिक्षक महासङ्घ