सोमबार, कार्तिक १७ गते २०८३
images
images

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ

एक्सप्रेस पाना
भाद्र ११, २०८२ बुधबार
  • 476
    SHARES
  • राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ


    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन् । 

    images

    बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

    सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथ ग्रहणमा गृहमन्त्री, कानून न्याय तथा संसदीय 

    images

    मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षि दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरु लगायत सबैको उपस्थिती रहेको थियो ।

    समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् । 

  • सम्बन्धित विषय:

  • # ईश्वरी देवी न्यौपाने