मंगलबार, भाद्र २३ गते २०८३
images

बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड

एक्सप्रेस पाना
भाद्र १२, २०८२ बिहीबार
  • 291
    SHARES
  • बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ । 

    images

    आज सुन तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो । 

    यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य