आइतबार, कार्तिक १६ गते २०८३
images
images

भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट सटहि गर्दै राष्ट्र बैंक

एक्सप्रेस पाना
भाद्र १५, २०८२ आइतबार
  • 217
    SHARES
  • भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट सटहि गर्दै राष्ट्र बैंक

    काठमाडौं । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । 

    images

    राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

    राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने छ ।

    images

    त्यसैगरी, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ÷संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

    ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्नेछन् ।

  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक
  • # सुकिला नोट