काठमाडौं । रूपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट डा. लेखजंग थापाले उम्मेदवारी दिने भएका छन् ।
प्राइमेरी निर्वाचन गरेर ९ जना आकांक्षीबाट रास्वपाले डा. थापालाई उम्मेदार बनाएको हो ।
कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि रास्वपाबाट सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल गरी ९ जना आकांक्षी रहेका थिए ।


