आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवा सुदूरपश्चिममा, बझाङको प्रभावित क्षेत्रको निरीक्षण

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 259
    SHARES
  • प्रधानमन्त्री देउवा सुदूरपश्चिममा, बझाङको प्रभावित क्षेत्रको निरीक्षण

    कात्तिक ४ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपाय हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

    images

    यसपछि प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जाने कार्यक्रम छ । त्यहाँबाट डडेल्धुरा, कञ्चनपुर हुँदै कैलाली जाने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आज विहान अर्थमन्त्री, पर्यटन मन्त्री, कांग्रेस नेताहरु एनपी साउद, रमेश लेखकसहित सुदूरपश्चिम भ्रमणमा निस्किएका छन् । तीन दिनको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।