आइतबार, कार्तिक १६ गते २०८३
images
images

पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री 

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 307
    SHARES
  • पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री 

    कात्तिक ४ धनगढी । बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् । बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर पहिरो प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अवलोकन गरेर उनी बैतडीतर्फ लागेका छन् ।

    images

    बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवाले आकासबाटै पहिरो अवलोकन गरेका हुन् । ‘थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ३–४ पटक अवतरण गर्ने प्रयास गरियो,’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘तर असफल भएपछि उहाँ बैतडीतर्फ जानु भएको छ ।’