सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

एक्सप्रेस पाना
भाद्र १९, २०८२ बिहीबार
  • 154
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । 

    images

    बुधबार राति प्रधानमन्त्री ओली काठमाडौँ आइपुगेका हुन् । 

    प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृत बहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर भ्रमण बारे जानकारी दिएका छन् । 

    images

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता समेत गरेका छन् ।