शनिबार, भाद्र २७ गते २०८३
images

स्वास्थ्यमन्त्री पौडेलले गरे कान्ति बाल अस्पतालको अनुगमन,७२ जना अस्थायी कर्मचारीहरुको पदपूर्ती गर्ने

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 203
    SHARES
  • स्वास्थ्यमन्त्री पौडेलले गरे कान्ति बाल अस्पतालको अनुगमन,७२ जना अस्थायी कर्मचारीहरुको पदपूर्ती गर्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् । 

    images

    आइतबार स्वास्थ्यमन्त्री पौडेलले कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका हुन् । 

    यसैक्रममा बोल्दै पौडेलले हरेक वर्ष  २५ सयका दरले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न सके यस वर्ष बाल कान्ति अस्पतालका २५० जना स्वास्थ्यकर्मीहरु आउनसक्ने बताए । 

    images

    उनले भने, ‘हामीले डाक्टर, नर्स, स्वास्थ्यकर्मि बाहेक केही राखेका छैनौ ।  पहिला स्वास्थ्य संस्थाहरु प्राविधिक स्वास्थ्यकर्मीहरुले भरिएको हुनुपर्छ । त्यसैले हामीले स्वास्थ्य प्राविधिकहरुको ५ वर्षसम्म हरेक वर्ष २५ सयका दरले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने  प्रस्ताव गरेका छौ । त्यसमा यही वर्ष त्यो ओएनएम भयो भने २५० स्वास्थ्यकर्मीहरु कान्ति अस्पतालमा आउनसक्ने छ ।’ 

    यस्तै उनले हरेक वर्ष २५ सयका दरले ओएनएम गरी ५ वर्षमा साढे १२ हजार प्राविधिक स्वास्थ्यकर्मीहरु पुग्ने पनि जानकारी दिए । 

    साथै उनले कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रमा अस्थायीरुपमा काम गरिरहेका ७२ जना कर्मचारीहरुको विज्ञापन गरी छिट्टै पदपूर्ती गर्ने समेत बताए। 

  • सम्बन्धित विषय:

  • # प्रदीप पौडेल