काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको छ भने तिन पत्रकार सहित दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते हुने पत्रकारमा नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना रहेका छन् ।
घाइतेहरुको सिभिल अस्पतालमा उपचाररत भइरहेको छ ।
.jpg)


