सोमबार, कार्तिक १७ गते २०८३
images
images

जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 184
    SHARES
  • जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु

    काठमाडौं ।  जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । 

    images

    काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा तीन जना प्रदर्शनकारीको दुखद निधन भएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।

    प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    images

    उता, ट्रमा सेन्टरमा उपचाररत थप ५  आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

  • सम्बन्धित विषय:

  • # जेन–जी पुस्ता