काठमाडौं । जेन-जी प्रदर्शनकारीले नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा प्रवेश गरेका छन् ।
उनीहरू दक्षिणी र पश्चिमी गेटबाट संसद् भवनमा छिरेका थिए। प्रदर्शनकारीहरू मुख्य गेट र सशस्त्र प्रहरीको सेन्ट्री पोस्टको सहयोगमा संसद् भवनमा छिरेका हुन् । त्यसक्रममा संसद् भवनको दक्षिणी गेटमा आगोसमेत लागेको थियो।





संसद् भवन परिसर जेनजीको कब्जा भएपछि सेना पठाइएको थियो। माइतीघर हुँदै बानेश्वर पुगेका प्रदर्शनकारी संसद भवन पसेर नाराबाजी गरेका थिए । प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला सेना पठाइएको हो।




.jpg)


