बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्रीको राजीनामा र कांग्रेसले सरकार छाड्न गगनको माग

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 207
    SHARES
  • प्रधानमन्त्रीको राजीनामा र कांग्रेसले सरकार छाड्न गगनको माग

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    images

    उनले सामाजिक सञ्जालबाट यस्तो माग गर्दै कांग्रेसमा निर्णय गराउन लागिपर्ने बताएका हुन् । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने र पार्टीको बैठकबाट यो निर्णय गराउने उनले जनाएका छन् । 

    ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। 

    images

    अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’ थापाले सामाजिक संजालमा लेखेका छन् ।्

  • सम्बन्धित विषय:

  • # गगनकुमार थापा