मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपा सांसदद्वारा सामूहिक राजीनामाको घोषणा

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 246
    SHARES
  • रास्वपा सांसदद्वारा सामूहिक राजीनामाको घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले सामूहिक राजीनामा दिएका छन् । 

    images

    मंगलबार एक विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेको र दर्जनौं युवाको ज्यान लिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । 

    वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन, सर्वपक्षीय नागरिक सरकार, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । 

    images

    संसदीय दलको कार्यवाहक सभापति तथा पूर्वनेता डोल प्रसाद अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा दलका नेता रवि लामिछाने, उपनेता विराजभक्त श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ, सोबिता गौतमलगायतका सांसदको नाम समावेश गरिएको छ ।

    वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शिघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पति जेनजीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (सांसदहरु) ले सामूहिक राजीनामा दिएको हो  ।

  • सम्बन्धित विषय:

  • # रास्वपा