आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश सभामा गठबन्धनले गर्‍यो मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव 

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 258
    SHARES
  • प्रदेश सभामा गठबन्धनले गर्‍यो मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव 

    कात्तिक ४ काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । 

    images

    प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले शाक्यलेलाई विश्वासको मत दिन नसक्ने बताए । 

    उनले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको बताए । 

    images

    प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।