काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीले सिफारिश गरेको पुर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने अन्तिम तयारी गरेका छन् ।
विहिबार दिनभर छलफल पछि कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाएर अघि बढ्ने सहमति भएको हो ।
चार जनाबीचको वार्तामा संसद् विघटनबारे मतभेद देखिए पनि त्यसलाई कुन संवैधानिक बाटोबाट अघि बढाउने भन्ने कुरामा छलफल भएको बताइएको छ ।


