काठमाडौं । प्रतिनिधिसभा विघटन भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवपनयुक्त प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका हुन् ।
त्यसैगरी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। राष्ट्रपति पौडेलले विशेष परिस्थितिमा संबिधानले दिएको विशेष अधिकारको प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
.jpg)


