सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न सिभिल र ट्रमा सेन्टरमा

एक्सप्रेस पाना
भाद्र २८, २०८२ शनिबार
  • 271
    SHARES
  • प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न सिभिल र ट्रमा सेन्टरमा

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेकी छन् ।

    images

    शनिबार काठमाडौंको मीन भवनमा रहेको सिभिल अस्पताल र सुन्धारामा रहेको वीर अस्पतालको ट्रमा सेन्टर पुगेर भेटेकी हुन् ।

    शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् । 

    images

    प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग व्यक्तिगत रूपमा कुराकानी गर्दै उपचारको अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले सम्बन्धित चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य स्थिति, उपचारको प्रगति, र आवश्यक सहयोगका विषयमा छलफल गरेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # ट्रमा सेन्टर
  • # सिभिल