काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी युवाको आन्दोलनमा मृत्यु हुनेहरुलाई सरकारले शहीद घोषणा सहित परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ ।
आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।


