आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने

एक्सप्रेस पाना
आश्विन १, २०८२ बुधबार
  • 242
    SHARES
  • राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने

    काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । 

    images

    जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको हो । 

    मन्त्रिपरिषद्को यही भदौ ३० गतेको बैठकको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । 

    images

    काफ्लेले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्बाट आजको दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिए ।  

    ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय शोक