आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमसीसीमा नेपालकै कानुन लागू हुन्छ , हामी जसरी पनि पारित गर्छौं : प्रधानमन्त्री देउवा

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 261
    SHARES
  • एमसीसीमा नेपालकै कानुन लागू हुन्छ , हामी जसरी पनि पारित गर्छौं : प्रधानमन्त्री देउवा

    कात्तिक ५ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।

    images

    बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् । ‘एमसीसी सहयोग परियोजना हो, यो परियोजनामा नेपालकै कानुन लागू हुन्छ । अमेरिकी कानुन लागू हुन्छ भन्ने कुरा साँचो होइन,’ उनले भने ।

    ५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।

    images

    तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा हुन्छ : देउवा प्रधानमन्त्री देउवाले बमौसमी बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले बाढीपहिरोले ठूलो धनजनको क्षति भएको बताए । उनले सरकारले तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्ने बताए ।

    संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेलाई लिएर बिहीबार सुदूरपश्चिम पुगेका देउवा आज  शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ । पछिल्लो एक साताको बाढीपहिरोका कारण एक सय भन्दा बढीको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ । किसानले भित्र्याउन लागेको धान पनि वर्षाले नष्ट गरिदिएको छ ।