मंगलबार, भाद्र २३ गते २०८३
images

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता,भारतको सहयोग जारी रहने

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 354
    SHARES
  • प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता,भारतको सहयोग जारी रहने

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् । 

    images

    बिहीबार भएको फोनवार्तामा प्रधानमन्त्री मोदीले शान्ति र स्थिरता पुनस्र्थापित गर्न प्रधानमन्त्री कार्कीले गरेको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताए । 

    वर्ता पश्चात सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मोदीले असोज ३ गते (भोली) रहेको राष्ट्रिय दिवसको शुभकामना समेत दिए । 

    images

    ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो । हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनस्र्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरें । साथै, मैले भोलि राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरे,’ उनले लेखेका छन् । 

  • सम्बन्धित विषय:

  • # नरेन्द्र मोदी
  • # प्रधानमन्त्री कार्की