मंगलबार, भाद्र २३ गते २०८३
images

शेयर बजार बारे अध्ययन गर्न चार सदस्यीय कार्यदल गठन

एक्सप्रेस पाना
आश्विन ३, २०८२ शुक्रबार
  • 274
    SHARES
  • शेयर बजार बारे अध्ययन गर्न चार सदस्यीय कार्यदल गठन

    काठमाडौं । अर्थमन्त्रालयले शेयर बजार बारे अध्ययन गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । 

    images

    अर्थमन्त्री रामेश्वर खनालले मन्त्री स्तरीय निर्णय गर्दै पाँच दिनको समय दिएर आम लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको सुझाव र ठोस कार्ययोजना दिन कार्यादेश दिएका हुन् । 

    बिहिबार सेयर बजारमा तीन पटक नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो । 

    images

    कार्यदलको संयोजकमा नेपाल धितोपत्र बोर्डक कामु कार्यकारी निर्देशक रुपेश केसी रहेका छन् भने सदस्यमा नेपाल राष्ट्र बैंकका शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुयाल र सदस्य सचिवमा अर्थ मन्त्रालयक उपसचिव शरद निरौला रहेका छन् ।

    FM(1).jpg

     

  • सम्बन्धित विषय:

  • # शेयर बजार