आइतबार, कार्तिक १६ गते २०८३
images
images

जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 318
    SHARES
  • जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे

    कात्तिक ५ डडेल्धुरा । डडेल्धुरामा जुवाखालबाट एक जना वडाअध्यक्षसहित २२ जना पक्राउ परेका थिए । ३ कात्तिक बुधबार राति प्रहरीले जुवाखालबाट अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्टसहित २२ जनालाई पक्राउ गरेको थियो । अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको डडेल्धुरा प्रहरीले जनाएको छ। 

    images

    ओझाको घरमा जुवातास खेलिरहेको भन्ने सूचाना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार नौ सय ६० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको थियो। 

    प्रहरी प्रधान कार्यालयले बिहीबार पक्राउ परेका २२ जनामध्ये अमरगढी नगरपालिका–४ का ५० वर्षीय ईन्द्रबहादुर थापाको नाम मात्रै सार्वजनिक गरेको थियो। तर प्रहरीको चर्को आलोचनापछि प्रहरीले बाँकीको पनि नाम सार्वजनिक गरेको छ। 

    images

    पक्राउ पर्नेमा  ईन्द्रबहादुर थापा, गगन सिंह ढाँट, गोविन्द भट्ट, विक्रम ओझा, घनश्याम गिरी, उमेश महर, भीमबहादुर महर, नरेन्द्र ओली, यज्ञराज अवस्थी, डम्बर ओझा, सुरेश साउँद, महेश जोशी, ईश्वर भट्ट, वीरबहादुर सार्की, भीम ऐर, लोकराज अवस्थी, नरेश महरा, राजेन्द्रप्रसाद पाठक, राजेन्द्र ओझा, दानबहादुर ओली, केशव कुँवर र राम खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्र चन्दले बताए।

    प्रहरीले उनीहरूमध्ये केहीलाई तारेखमा छाडेको जनाएको छ। जसमध्ये अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्ट पनि रहेका छन् । भट्टलाई पहुँचको भरमा छोडेको स्थानीयले आरोप लगाएका छन्।न्युज कारखाना