बुधबार, भाद्र २४ गते २०८३
images

मन्त्री घिसिङले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

एक्सप्रेस पाना
आश्विन २३, २०८२ बिहीबार
  • 226
    SHARES
  • मन्त्री घिसिङले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।

    images

    उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए ।

    उनले  भने, ‘धेरै खेलको पूर्वाधारहरु बनाउनुपर्ने छ । अरुपनि पूर्वाधारहरुलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो । आम नेपाली जनताको वा खेलाडीहरुको चाहना हो । यसलाई कुनै पनि सरकार आएपनि प्राथमिकता दिएरै अगाडि लानुपर्छ ।’

    images

    साथै उनले त्रिवि क्रिकेट मैदानको काम चाँडो सक्न निर्देशन दिएका छन् । घिसिङले एक महिनाभित्र काम सक्न निर्देशन दिएका हुन् ।

    उनले मैदानको पहिलो फेजको काम करिब अन्तिम चरणमा पुगेको र दोस्रो एवम तेस्रो फेजको काम अघि बढेको बताए । उनले नेपाल प्रिमियर लिग एनपीएल सुरु हुनुपूर्व नै फ्लर्ड लाइटको काम सक्न निर्देशन दिएका हुन् । ‘उनले भने १७ नोभेम्बर देखि एनपीएल सुरुहुँदै छ, सबै काम सक्नुस् ।’

    उनले अब ४० दिनभन्दा कमको समय बाँकी रहेको भन्दै दिनरात नभनी काम गर्न पनि निर्देशन दिए । निर्माण कम्पनीका प्रतिनिधि सरोज दाहालले काम अन्तिम चरणमा पुगेको बताउँदै एनपीएल अघि तयार हुने बताए ।

    अवलोकनका क्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले मन्त्रीसहितको टोलीलाई मैदान निर्माणको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

  • सम्बन्धित विषय:

  • # मन्त्री घिसिङ
  • # टियू क्रिकेट मैदान