आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत नलिने

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 233
    SHARES
  • प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत नलिने

    कात्तिक ५ विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् । प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।

    images

    यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ । प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि प्रदेशसभामा मुख्यमन्त्रीले प्रस्ताव पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ । 

     

    images