आइतबार, कार्तिक १६ गते २०८३
images
images

२० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश नभएको जानकारी

एक्सप्रेस पाना
आश्विन २७, २०८२ सोमबार
  • 249
    SHARES
  • २० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश नभएको जानकारी

    काठमाडौं । हमासको सैन्य शाखाले आज रिहा हुने २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ । 

    images

    अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ तर आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।

    इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी भने जीवित नरहेको जानकारी इजरायली सेनाका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका दिएको बीबीसीले उल्लेख गरेको छ । उनले आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

    images

    उनले इजरायलका लागि नेपाली राजदूत पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । 

    अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

    गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # विपिन जोशी