आइतबार, कार्तिक १६ गते २०८३
images
images

मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ स्थगित

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 368
    SHARES
  • मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ स्थगित

    कात्तिक ५ काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज शुक्रवारका लागि तय भएको सुनुवाइ स्थगित भएको छ । 

    images

    सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरेको जानकारी दिएको छ । आलमको मुद्दामा आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । आलमको मुद्दामा यसअघि पनि पटक–पटक सुनुवाइ रोकिँदै आएको छ । 

    आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप छ । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन मागसहित सर्वोच्च पुगेका हुन् ।  

    images