आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

एक्सप्रेस पाना
आश्विन २८, २०८२ मंगलबार
  • 241
    SHARES
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

    काठमाडौं । पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    images

    सोमबार उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । 

    महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ । 
    २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ। उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो। 

    images

    यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

  • सम्बन्धित विषय:

  • # कृष्णबहादुर महरा