आइतबार, कार्तिक १६ गते २०८३
images
images

बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी

एक्सप्रेस पाना
आश्विन २९, २०८२ बुधबार
  • 414
    SHARES
  • बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध सिरहामा पनि उजुरी दर्ता भएको छ ।

    images

    नेकपा (एमाले) निकट भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गराएका हुन् । उनीहरूविरुद्ध राजनीतिक आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र समाजमा विभाजन पैदा गर्ने गतिविधि गरेको आरोप उजुरीमा उल्लेख गरिएको छ ।

    राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो । 

    images

    घटनापछि स्थानीय तथा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरी यस विषयमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बालेन
  • # सुदन