आइतबार, भाद्र २८ गते २०८३
images

आमाः शरणमा तिम्रो ! ! !

एक्सप्रेस पाना
कार्तिक १, २०८२ शनिबार
  • 496
    SHARES
  • आमाः शरणमा तिम्रो ! ! !
    काठमाडौं । 
     
    हामी एक सत् हौंँ, हैन दास कसैको .........
    हामी छौं सदा चरणमा तिम्रो, दाता तिमी हाम्रो;
    माँ जगत–जननी–कल्याणी–विश्व की तिमी महारानी । 
    चरणकमलमा तिम्रो छ, सदा शीर हाम्रो ।।
     
    हामी हौं सेवक , गर्र्छौं सदा–सेवा तिम्रो ......
    तिमी एक सत्–शक्ति सत्य त्यो जानी;
    शरणमा तिम्रो सदा–छौं हामी ।
    धर्छौ रुप तिमी अनेक, 
    बिचल्ली मा पारी नजाऊ हामीलाई छाडी ।।
     
    ज्ञानी–जन, जानेर–बुझेर तिमीलाई मानेर, 
    शरणमा जो पर्छन् , तिनीहरु सधैँ तर्छन् .....
    अज्ञानी–जन स्वार्थ–सिद्धी पाउने लोभले; 
    गर्छन् भक्ति तिम्रो ।।
     
    तर पनि, 
    तिमी जानी सबैकोः मन–मानी.....
    दिन्छौ शरण, आफ्नै सन्तती ठानी,
    गुण तिम्रो:सत्व–रजो–तमो, 
     :तमो–रजो–सत्व ।  
    ती गुणभित्र लुकेर–रहेका छन्, गुण अनेक .... 
    महाकाली–महालक्ष्मी–महासरस्वती, तीनमा एक;
    मनुष्य मान्छ जुन गुण जानी.......... 
    पाउँछ उसले त्यही, तत्व–सत्य भाकी !!
     
    महा–सरस्वती रुप–गुण छ सदा जुन तिम्रो;
    ज्ञानकी महा–अमूल्य–खानी बनि, तिमी छ्यौ यता । 
    जसले जान्छ त्यो सत्यः– मानी तिमीलाई जो पुज्दछ.......;
    मोह–माया–भ्रम–जाल–द्वेष उसको हट्दछ ।। 
     
    सर्व–प्रेम–ज्ञान–गुण–शिप पाउँछ उसले, 
    नमागी–नभाकी अनि केही नडाकी, गर्छ भक्ति तिम्रो जसले ।
    पाई प्रेम तिम्रो अपरम्पार, भक्त नित्य रमाउँदछ ...
    ऊ भित्र सदा–वास रहन्छ:सदाचार–सत्–विचार–निःस्वार्थ व्यवहार । 
    अनि साथामा साथ पाई ; तिम्रो–काखमा, नित्य–नृत्य गर्दै रमाउँछ ।।
     
    त्यसैले, 
    आयौं शरणमा तिम्रो, 
    गर उद्धार हाम्रो । 
    अज्ञानी–जन, हामीलाई जानी, 
    ज्ञानको अपार भण्डार भर ।। 
     
                    अनाः नेवाः 
                   काठमाडौं । 
            (नेपाल आमासंगको पुकार)