काठमाडौं ।
हामी एक सत् हौंँ, हैन दास कसैको .........
हामी छौं सदा चरणमा तिम्रो, दाता तिमी हाम्रो;
माँ जगत–जननी–कल्याणी–विश्व की तिमी महारानी ।
चरणकमलमा तिम्रो छ, सदा शीर हाम्रो ।।
हामी हौं सेवक , गर्र्छौं सदा–सेवा तिम्रो ......
तिमी एक सत्–शक्ति सत्य त्यो जानी;
शरणमा तिम्रो सदा–छौं हामी ।
धर्छौ रुप तिमी अनेक,
बिचल्ली मा पारी नजाऊ हामीलाई छाडी ।।
ज्ञानी–जन, जानेर–बुझेर तिमीलाई मानेर,
शरणमा जो पर्छन् , तिनीहरु सधैँ तर्छन् .....
अज्ञानी–जन स्वार्थ–सिद्धी पाउने लोभले;
गर्छन् भक्ति तिम्रो ।।
तर पनि,
तिमी जानी सबैकोः मन–मानी.....
दिन्छौ शरण, आफ्नै सन्तती ठानी,
गुण तिम्रो:सत्व–रजो–तमो,
:तमो–रजो–सत्व ।
ती गुणभित्र लुकेर–रहेका छन्, गुण अनेक ....
महाकाली–महालक्ष्मी–महासरस्वती, तीनमा एक;
मनुष्य मान्छ जुन गुण जानी..........
पाउँछ उसले त्यही, तत्व–सत्य भाकी !!
महा–सरस्वती रुप–गुण छ सदा जुन तिम्रो;
ज्ञानकी महा–अमूल्य–खानी बनि, तिमी छ्यौ यता ।
जसले जान्छ त्यो सत्यः– मानी तिमीलाई जो पुज्दछ.......;
मोह–माया–भ्रम–जाल–द्वेष उसको हट्दछ ।।
सर्व–प्रेम–ज्ञान–गुण–शिप पाउँछ उसले,
नमागी–नभाकी अनि केही नडाकी, गर्छ भक्ति तिम्रो जसले ।
पाई प्रेम तिम्रो अपरम्पार, भक्त नित्य रमाउँदछ ...
ऊ भित्र सदा–वास रहन्छ:सदाचार–सत्–विचार–निःस्वार्थ व्यवहार ।
अनि साथामा साथ पाई ; तिम्रो–काखमा, नित्य–नृत्य गर्दै रमाउँछ ।।
त्यसैले,
आयौं शरणमा तिम्रो,
गर उद्धार हाम्रो ।
अज्ञानी–जन, हामीलाई जानी,
ज्ञानको अपार भण्डार भर ।।
अनाः नेवाः
काठमाडौं ।
(नेपाल आमासंगको पुकार)
(नेपाल आमासंगको पुकार)
