काठमाडौँ । जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ ।
शनिबार जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेले भने गुलशन झाले अर्धशतक बनाउदै ५२ रन बनाए । त्यसैगरी, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४० रन बनाए । ,


